दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी



चीनको हुनान प्रान्तको व्यावसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्। यद्यपि अहिलेसम्म कुनै हताहतीको खबर भने प्राप्त भएको छैन ।

राज्य सञ्चालित मिडिया सीजीटीएनका अनुसार टेलिकमको भवनमा आगलागी भएको हो। सो व्यापारिक भवन २०० मिटर भन्दा अग्लो छ । यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।