थाइल्याण्डका प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै



थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने फैसला भएको छ । थाइल्याण्डको संवैधानिक अदालतले उहाँको कार्यकाल सेप्टेम्बर ३० मा सकिने फैसला बुधबार गरेको हो । सोही अदालतले उहाँलाई यसअघि निलम्बन गर्ने फैसला गरेको थियो ।

निलम्बन गर्ने फैसला गर्दा नौ न्यायाधीशमध्ये पाँच न्यायाधीश निलम्बनको पक्षमा थिए । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो । थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि उनी प्रधानमन्त्री छन् ।


उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाएर आफू बलियो भएर सत्ता टिकाएका हुन् । संसदमा सैन्य सहभागिताको व्यवस्था गरेर सन् २०१९ मा निर्वाचन गराएर बहुमत पुर्याएका थिए ।

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका थिए भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका थिए ।

कु गरेर निर्वाचन अगाडिसम्मको कार्यकाललाई अन्तरिम कार्यकाल मान्नु पर्ने प्रधानमन्त्री पक्षधरको दाबी थियो । तर अदालतले भने उनीहरुको दाबी विपरित फैसला गरिदिएको छ ।