थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



काठमाडौँ । नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परीक्षणका क्रममा २९ जना र २ हजार ८ सय ९२ एन्टीजेन परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११६ संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । 

हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या १ हजार २ सय ८३ रहेको छ ।