थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परीक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।