डा. गोविन्द केसीले आज साँझबाट अनसन सुरु गर्ने



काठमाडाैँ । डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौँबाट धनगढी प्रस्थान गरेका हुन् ।  

आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेका हुन् ।


साँझ ५ बजेदेखि अनसन सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।