जबरासँगको बयान आजलाई सकियो, भदौ २५ मा फेरि लिइने



काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान २५ गतेसम्मका लागि स्थगित गरिएको छ । महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो । 

संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले गत बुधबारदेखि बयान लिन सुरु गरेको हो । उनले यसअघि दुईपटक बयान दिइसकेका छन् ।