चोलेन्द्रशमशेर राणासँगको दोस्रो दिनको बयान सकियो



काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका हुन् ।


जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे ।

योसँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको छ ।