चीनमा १७३ प्रकारका खनिज पदार्थ उत्खनन



चीनमा १७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको पाइएको छ ।  प्राकृतिक श्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो ।  उत्खनन गरिएका मध्ये १३ प्रकारका खनिज पदार्थ ऊर्जासम्बन्धी खनिज पदार्थ रहेको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी ५९ प्रकारका खनिज पदार्थ धातु सम्बन्धी, ९५ प्रकारका खनिज पदार्थ गैर धातु र छ प्रकारका खनिज पदार्थ पानी तथा ग्यास सम्बन्धी खनिज पदार्थ रहेको जनाइएको छ । उत्खनन गरिएका खनिज पदार्थको निस्कासन तथा प्रशोधनका लागि तिव्र रुपमा काम भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।  चीनले खनिज पदार्थहरूको उत्खनन, निस्कासन, प्रशोधन र बिक्री वितरणलाई उच्च प्राथमिकता दिदै आएको छ ।