चार पूर्वप्रधान्यायाधीश महाअभियोग सिफारिस समितिको बैठकमा नजाने



काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिनुभएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेका हुन् ।

“हामीले आपसमा बसेर नजाने निर्णय ग¥यौँ, हामीले दिनुपर्ने सुझाव पहिला नै दिइसकेको छौँ”, रासससँग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश रायमाझीले भने, “पदीय मर्यादा र स्वतन्त्र न्यायापालिकाको अवधारणाअनुसार हामी सहभागी हुन ठीक छैन भन्ने निर्णय ग¥यौँ, त्यो निर्णयको पत्र समितिमा पठाएका छौँ ।” उनले पूर्वप्रधानन्यायाधीशहरूबीच छलफल गरी नजाने निर्णय गरिएको पत्रसमेत समितिमा पठाइसकेको जानकारी दिए ।


समितिको बुधबार बसेको बैठकले पूर्वप्रधानन्यायाधीश र वहालवाला न्यायाधीशलाई निलम्बित प्रधानन्यायाधीश राणाको बयानका आधारमा अनुसन्धानका लागि बोलाउने निर्णय गर्दै पत्र पठाएको थियो । चार पूर्व प्रधानन्यायाधीशले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्च अदालतमा आन्दोलन हुँदा विज्ञप्ति प्रकाशन गरेर आफ्ना धारणा व्यक्त गरेका थिए । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले वहालवाला न्यायाधीश सिफारिस समितिको बैठकमा जान नमिल्ने पत्र समितिलाई पठाएको छ ।