गायक शिव परियारको आह्वान – ‘बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौँ’



काठमाडौँ । चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक १७ वर्षीया बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएको घटनाप्रति लक्षित गर्दै गायक परियाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।


शिव परियार ।

सम्माननीय नेपाल सरकार । यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यस्थित गरि कारबाही गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरीमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस् । होइन भने बलात्कारी आरोपको प्रधानमन्त्री, बलात्कारी आरोपको मेयर, बलात्कारी आरोपको कलाकार, बलात्कारी आरोपको संस्कृतिविद, बलात्कारी आरोपको वैज्ञानिक, बलात्कारी आरोपको किसान, बलात्कारी आरोपको शिक्षाविद, बलात्कारी आरोपको खेलाडी, बलात्कारी आरोपको सामाजसेवी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।

यि बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यतिबेला सबै बर्ग, सम्प्रदाय ,जात ,धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी देख्दछु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस् । तर देशका सबै आईकनलाई सिध्याउने नियत सहितको केश अवस्था हो भने सम्माननीय नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस बिषयमा संवेदनशील हुनुपर्ने अवस्था देख्दछु । तर  दुःखी आत्माहरुले आफ्नो प्रसिद्धि, प्रतिष्ठा एउटा नाबालिक प्रशंशक प्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार ।