काठमाडौँको गोठाटारमा गोली चल्यो



काठमाडौँ । काठमाडौँको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।


घाइतेको उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । घाइतेको अवस्थाबारे खुलेको छैन ।