कांग्रेसले बुझायो समानुपातिकतर्फको बन्दसूची



काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सोमबार अपरान्ह निर्वाचन आयोगलाई समानुपातिक तर्फको बन्दसूची बुझाएको हो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय जीवन परियारलगायत नेताहरू आयोग पुगेर बन्दसूची बुझाएका थिए ।


आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्दसूची बुझाउन असोज २ र ३ गते समय दिएको थियो ।