औषधि व्यवस्था विभागले माग्यो कर्मचारी



काठमाडौँ । औषधि व्यवस्था विभागले करारमा कर्मचारी मागेको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा स्नातक र फार्मेसी सुपरभाइजरका लागि फार्मेसीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ ।


असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ।