एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश



काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । थापा एमाले कैलालीका पूर्व अध्यक्ष हुन् । थापाले आफूले २२ वर्ष एमालेमा विताएको भन्दै जनताको भाग्य र भविष्य बदल्नको लागि एमालेले केही पनि गर्न नसकेको आरोप लगाए ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले थापालाई पार्टीमा स्वागत गरेकी हुन् । थापासँगै एमालेका पूर्वसांसद हिमाञ्चल भट्टराई पनि नागरिकता उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।