एमाले अध्यक्ष ओलीसँग विश्व बैंकका उपाध्यक्षको भेट



काठमाडौं । नेकपा(एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विश्व बैंकका उपाध्यक्ष मार्टिन रसेरले शिष्टाचार भेट गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका रसेरले अध्यक्ष ओलीे निवास बालकोटमा आइतबार विहान भेट गरेका हुन् ।

भेटमा उपाध्यक्ष रसेरले विश्व बैंक नेपालसँग दीर्घकालीन र बलियो साझेदारी गर्न चाहेको र त्यसका लागि उपयोगी र अति आवश्यक आयोजनाहरूको छनौट पनि भएको बताएका थिए ।


सो अवसरमा अध्यक्ष ओलीले राजनीतिक, आर्थिक, सामाजिक चुनौतीका बावजुद नेपाल विकास यात्रामा अगाडि नबढी रहन नसक्ने बताए । अध्यक्ष ओलीले कुनै उद्देश्य, गन्तव्य र दृष्टिकोण नभएको वर्तमान गठबन्धन सरकारले रोकेका देशको विकास र गरिबी निवारणका कामलाई आगामी निर्वाचनपछि एमालेले सरकार गठन गरी अगाडि बढाउने वताए ।

उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याइने बताए । भेटमा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र डा.अन्जान शाक्य सहभागी थिए ।