अष्ट्रेलियाका चर्चित पूर्वबलर ब्रेटली नेपाल टी–२० मा मेन्टर नियुक्त



काठमाडौँ । अष्ट्रेलियाका चर्चित पूर्वबलर ब्रेट ली लाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन् ।


पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि ६ टोलीको पनि टुङ्गो लागेको छ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिष्पर्धा गर्दैछन् ।