अफताब र प्रिन्सलाई स्वर्ण



काठमाडाैँ । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउलाले राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह ‘फुल कन्ट्याक्ट’ कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पुरुष ३५ केजीमुनि फाइनल खेलमा अफताबले बागमतीका रामशरण विकलाई पराजित गरे । त्यस्तै पुरुष ४० केजीमुनिको फाइनल खेलमा प्रिन्सले बागमतीका निरोज दूधराजलाई पराजित गर्दै स्वर्ण जितको हुन ।


पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङ्तान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जिते । नेपाल आइएफकेके सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेता खेलाडीलाई पूर्वसांसद रामकृष्ण चित्रकार, आयोजक सङ्घका अध्यक्ष घनश्याम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।