अध्यक्ष ली र सभामुख सापकोटाबीच शिष्टाचार भेट



काठमाडौँ । नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।

सोमबार अपरान्ह काठमाडौं आएका चानशु र सभामुख सापकोटाबीच संसद भवन नयाँबानेश्वरमा भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच द्धिपक्षीय सम्बन्धकाबारेमा कुराकनी भएको सभामुखको सचिवालयले जनाएको छ ।


ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।