२४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, थप २०६ संक्रमित



काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १२ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोही अवधिमा २०६ जनामा संक्रमण पुष्टि भएको छ । २८६९ जनाको नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।


१ हजार ५९५ पीसीआर परीक्षणमा १३४ संक्रमित र १ हजार २७४ एन्टीजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको हो ।

हाल सक्रिय संक्रमितको संख्या २८९१ रहेको छ ।