२४ घण्टाभित्र बजेट बाहिरका योजना र कार्यक्रमको विवरण बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार आयोगले विज्ञप्ति जारी गरी वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।


आयोगले के कति रकम कुन कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ कि छैन भन्ने विषयमा २४ घण्टाभित्र विवरण बुझाउन निर्देशन दिएको छ ।