हनुमानढोका पुर्‍याइयो इन्द्रध्वज(फाेटाे फािचर)



काठमाडौँ । भक्तपुरको नालाबाट ल्याइएको योःसि अर्थात् इन्द्रध्वज आइतबार भोटाहिटी हुँदै हनुमानढोकास्थित कालभैरवको मूर्तिअगाडि पुर्‍याएको छ ।

योःसिका गुठियार मानन्धर समूह र नेपाली सेनाको टोलीले इन्द्रध्वज तानेर हनुमानढोका पुर्‍याएको थियो । इन्द्रध्वज यो वर्ष भदौ २२ गते बुधबार बिहान ७ः१७ बजेको शुभसाइतमा उठाएपछि उपत्यका इन्द्रजात्रा सुरु भएको मानिन्छ । भदौ २९ गते बेलुका ७ बजेर ३३ मिनेटमा इन्द्रध्वज ढालेपछि यो वर्ष इन्द्रजात्रा सम्पन्न हुने जनाइएको छ ।