स्पेनिस प्रधानमन्त्री कोरोना सङ्क्रमित



स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज कोरोना सङ्क्रमित हुनु भएको छ । आइतबार बिहान स्वास्थ्य परीक्षण गर्दा उनमा सङ्क्रमण देखिएको हो । सान्चेजले ट्वीटरमा आफू सङ्क्रमित भएको उल्लेख गरेका हुन् ।

स्पेनले ६० वर्षभन्दा माथिका मानिसहरू, स्वास्थ्यकर्मी र आवासीय हेरचाह घरहरूमा बस्ने मानिसहरूलाई खोपको चौथो डोज दिने अभियान शुरु गर्नुभन्दा २४ घण्टाअघि यो समाचार आएको हो। मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्कमा प्रति १ लाख बासिन्दामा १२९ सङ्क्रमित केसबाट बढेर १ सय ३६ पुगेको देखिएको छ।