सेयर बजारमा ११ अंकको गिरावट, कारोबार रकम ७४ करोडमा झर्‍यो



काठमाडौँ । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.४६ अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो । 


कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्षस्थानमा रह‍यो।सो कम्पनीको ३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको तीन करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सानिमा म्युचल फन्ड र छ्याङ्दी हाइड्रोको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । आज मैलुङखोला जलविद्युत् कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीका सेयरधनीहरुले ४.५६ प्रतिशतले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।