सिट बाँडफाँटबारे आज पनि जुटेन सहमति, भोलि बिहानैदेखि छलफल हुने



काठमाडौँ । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन भएको छ ।

मंगलबार बेलुकी बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट बारे भोलि बिहानै देखि छलफल गर्ने निर्णय गरेको छ ।  प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरिएकाे छ ।


‘गाँठो फुक्दै गएको छ । बाँकी भोलि बुधबार बिहान पुन गठबन्धनको बैठक बसेर सकभर भोलि नै टुङ्ग्याउने विषयमा कुराकानी भएको छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अब धेरै दिन लाग्दैन चाँडै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भएको छ ।’