साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल 



काठमाडाैँ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । 


पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपालले आज श्रीलंकासँग भिड्न लागेको हो।