साउदी अरबसँगको सम्बन्धमा आएको सुधारको इरानी राष्ट्रपतिद्वारा स्वागत



इरानका राष्ट्रपति इब्राहिम रायसीले साउदी अरबसँगको सम्बन्ध सुधारलाई तेहरानले स्वागत गरेको बताएका छन् । रायसीले इराकमा दुई देशका अधिकारीबीच भएको वार्तामा भएका सहमतिका आधारमा मेलमिलाप प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको ७७औँ अधिवेशनका अवसरमा इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीसँग भएको भेटवार्तामा राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन् । रायसीले इरान र साउदी अरबलगायत क्षेत्रीय देशहरूबीचको सम्बन्ध सुधार गर्न इराकको सद्भाव र प्रयासको प्रशंसा गर्दै तेहरानले आफ्नो क्षेत्रीय सम्बन्धमा सधैँ मुस्लिम राष्ट्रको हितलाई ध्यानमा राख्ने बताए ।


इराकी प्रधानमन्त्रीले इरानी सरकारको सद्भाव र आफ्नो देशसँग सहयोग विस्तार गर्ने प्रयासको प्रशंसा गरे । बग्दादले अहिलेसम्म तेहरान–रियाद वार्ताका लागि धेरै चरणको मध्यस्थता गरिसकेको छ । जसको उद्देश्य दुई पक्षबीच सुमधुर सम्बन्ध कायम गर्नु हो । साउदी अरबले सन् २०१६ को सुरुमा इरानस्थित साउदी कुटनीतिक नियोगमा एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि भएको आक्रमणको विरोधमा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो ।