सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडाैँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । यो मूल्य बिहीबार रातिदेखि लागू हुने छ ।


यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

आजमाजै भारतीय ओयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो । निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ ।