काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार आज तय गर्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी सचिवालयको बैठकले आइतबार उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाका ११० र ७ वटा प्रदेशसभाका २२० जना समानुपातिक उम्मेदवार आइतबार तय गरिने जानकारी दिए । उनले आज बिहान ११ बजे सचिवालय बैठक बस्ने बताए ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक उम्मेदवार चयनको मापदण्ड, समावेशी क्लस्टरबारे ब्रिफिङ गरेका थिए ।
निर्वाचन कार्यतालिकाअनुसार आइतबार र सोमबार दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने छ ।