संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडाैँ । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिक उम्मेदवारको सूची पेश गर्न दलहरूलाई समय दिएको छ। प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ मा हुने कार्यतालिका छ।


मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभा चुनाव हुने भएकोले संसद अधिवेशन अन्त्य गरिएको हो । संविधान र कानुनमा कुनै व्यवस्था नभएपनि समानुपातिकको बन्द सूची दर्ताको दिनबाट संसद्को आयु सकिने २०७४ सालको अभ्यासका आधारमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।