संविधानको सबैले अक्षरशः पालना गर्नुपर्छ : पत्रकार महासङ्घ



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ ।

महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो ।


महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वाेच्चता कायम गर्ने विषयमा महासङ्घ सधैँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ ।