संघ र प्रदेशको सिट बाँडफाँट र निर्वाचन क्षेत्रको एकैसाथ टुङ्गो लगाउने सत्ता गठबन्धनको तयारी

???????? ???? ???? ????????? ????? ?????????? ???????? ???? ??? ????? ????????? ?????????? ?????? ????????????? ????? ??????????? ????? ???? ? ?????? ? ???? ???????, ????


काठमाडाैँ । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । न्यायोचित, सम्मानजनक र सबैको जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रुप पाउने उनले बताए ।


दुई दिन कार्यदलमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने कार्कीको भनाई छ । उनले गठबन्धनले गरेको निर्णयलाई जनताले अनुमोदन गर्ने र निर्वाचनपछि मुलुक अर्को चरणमा प्रवेश गर्ने जिकिर गरे । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु आ–आफ्नो दाबीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा सहमति जुट्न सकेको छैन ।