संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा



काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समिति पठाइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले ’बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’दफावार छलफलका लागि संसदीय समिति पठाएको हो ।


प्रतिनिधि सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद बन्दीले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो ।