‘शिक्षा विमर्श’ लोकार्पित



काठमाडाैँ । शिक्षा विश्लेषक राजकुमार बरालको ‘शिक्षा विमर्श’ (भाग १,२,३) आज आयोजित कार्यक्रममा विमोचन गरिएको छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षा विमर्श प्रालिका अध्यक्ष बाबुराम थापालगायतले दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा दर्शनाचार्य लेखक बराल लामो समयदेखि शैक्षिक चिन्तन र अनुसन्धानमा सक्रिय छन् । कार्यक्रममा शिक्षाविद् डा कोइरालाले सार्वजनिक शिक्षा सुधारको चिन्ता र चिन्तनसहित लेखकले मेहनतपूर्वक पुस्तक प्रकाशन गरेको टिप्पणी गरे ।


प्रालिका अध्यक्ष थापाले शैक्षिक रूपान्तरण र सुधारमा चासो राख्नेले पुस्तक पढ्नु आवश्यक भएको बताए । वरिष्ठ पत्रकार दाहालले शिक्षा क्षेत्रमा सीमित अनुसन्धानकर्ता भएको स्थितिमा यस्ता लेखक र कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।