वेस्ट बैंकको झडपमा दुई प्यालेस्टिनीको मृत्यु



इरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच छुट्टाछुट्टै झडप भएको छ । बिहीबार बिहान भएको यस झडपमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नाब्लसको अल–ऐन शिविरका २५ वर्षीय समेर खालेदको घाँटीमा गोली लागेको र जेरुसेलम बाहिर कलान्डिया क्याम्पका २६ वर्षीय याजान अफानाको छातीमा गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।