काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचनमा टिकट लिनका लागि चर्को दबाब परेको बताएका अुन् । उनले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताए । अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको बताए ।
उनले भने, ‘सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्नसक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाउँ भन्छ ।’