वीरगञ्जस्थित औषधि कम्पनीको गोदाम सिल



वीरगञ्ज । वीरगञ्जको औषधि कम्पनीको गोदाममा जिल्ला प्रशासन कार्यालयको टोलीले छापामारी सिल गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले युपिएस फर्मा र जि फर्मा लिङ्कमा छापा मारेर गोदाम सिल गरेको हो ।

उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलका अनुसार अनुगमनका क्रममा कम्पनीको गोदाममा म्याद नाघेका औषधि फेला परेपछि गोदाम सिल गरिएको हो । पौडेलको नेतृत्वमा मञ्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधि व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले गोदाममा छापा मारेको हो ।