विशेषज्ञ चिकित्सकबाट चोलेन्द्रको मानसिक स्वास्थ्य जाँच गराउन सांसद महतको माग



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले महाभियोग सिफारिस समितिमा गलत बयान दिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा महतले प्रधानन्यायाधीश जबराले पूर्वाग्रही बयान दिएको भन्दै विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गराउन माग गरेका हुन् ।


उनले भने भने,‘न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले पूर्वाग्रही, आवेगमा आएर, स्मरण शक्ति गुमाएर, चरित्रहत्या गर्ने र कसैको जयजयकार गर्ने गरेकोले कानूनमा भएको व्यवस्थाअनुसार विशेषज्ञ चिकित्सकबाट उनको मानसिक स्वास्थ्य जाँच गर्न समितिको ध्यानाकर्षण गराउँछु ।’ महतले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजीनामा गरेर जाँदा प्रतिनिधिसभाको बोझ कम भएको टिप्पणी गरे ।