लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक : डा. भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।

संसदबाट पारित भएर दोस्रो पटक राष्ट्रपति कहाँ पुगेको नगरिकता विधेयक प्रमाणिकरण नभएपछि उनले प्रतिक्रिया दिंदै नेपालमा ढिलो गरि प्राप्त भएको लाकलन्त्रको अपमान भएको र लोकतन्त्र प्वाल पार्ने काम भएको बताएका हुन् ।


उनी भन्छन्, ‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ!राष्ट्रपतिले संसद्‍बाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीश महाभियोगमा पर्नु,दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन् ! सबै जिम्मेवार बनौँ !’