लेबनानमा तीन दिन बैङ्क बन्द



लेबनानका बैंकहरू बढ्दो सुरक्षा चिन्ताका बीच सोमबारदेखि तीन दिनका लागि बन्द हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अल-जादेद टिभी च्यानलका अनुसार लेबनानमा बैङ्कहरूको संघले शुक्रबार देशभरका आक्रोशित निक्षेपकर्ताहरूले आफ्नो बचतको माग गर्दै बैङ्कहरूमा आक्रमण गरेपछि बन्दको घोषणा गरेका हुन्।

शुक्रबार पाँच भन्दा बढी बैंकहरू तोडफोड गरी निक्षेपकर्ताहरूले छापा मारेका थिए । आक्रोशित निक्षेपकर्ताहरूले पेस्तोल लिएर आगजनी गर्ने समेत धम्की दिएका थिए । उक्त घटनापछि आन्तरिक मन्त्री बसम मावलावीले सुरक्षा बलहरूको आपतकालीन बैठक बोलाउन बाध्य पारेको थिए । लेबनानमा हाल अभूतपूर्व आर्थिक सङ्कट देखा परेको छ । जसबाट जनसङ्ख्याको ठूलो हिस्सालाई गरिबीको मारमा डुबेका छन् ।