लाल मोहम्मदको हत्यामा संलग्न आशंकामा तीन पक्राउ



काठमाडौँ । व्यापारी लाल मोहम्मदको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

हत्या आशंकामा पक्राउ गरिएकाहरू एक जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्दै छ ।


भक्तपुरको गोठाटारमा असोज ३ गते लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

लाल मोहम्मदको हत्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।