लमजुङमा भूकम्पको धक्का



लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।