रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि बिहीबार पहिलो पटक उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो ।


सो अवसरमा पुटिनले युक्रेन मामिलामा बेइजिङको ‘सन्तुलित अडान’का लागि धन्यवाद दिएका छन् । चीनले युक्रेनमा रुसी हमलाको समर्थन नगरेपनि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ ।

यसअघि फेब्रुअरीमा आयोजित शीतकालीन ओलिम्पिकका क्रममा बेइजिङमा सी र पुटिन भेट भएको थियो ।