रुपन्देहीलाई देशकै शैक्षिक केन्द्र बनाउछौँ : विष्णु पौडेल



रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको बताएका छन् । बुटवलको कालिका मानवज्ञान माविमा आज आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमूना बनेको उल्लेख गरे ।

अरुले कल्पना नगरेको विकासको सुरुआत भएको दाबी गर्दै मुलुकको शैक्षिक केन्द्रका रुपमा रुपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उनले बताए। शैक्षिक विकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाउँदै उनले यसले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरे ।