काठमाडाैँ । यस वर्षको दशौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तार : समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ ।
हरेक वर्ष असोज १ गते मनाइने यो दिवसका लागि यस वर्ष पनि उक्त नाराका साथ साताव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ । सोका लागि मन्त्रालयले प्रदेश र स्थानीय तह तथा सम्बन्धित क्षेत्रमा समन्वय र संयोजन गरिरहेको जनाइएको छ ।