राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । 

जोशी उपचाररत किष्ट अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । जोशी पिसाब र डेङ्गु सङ्क्रमणका कारण ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत छन् ।


शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ ।