राष्ट्रपति सीद्वारा भूकम्प पीडितको उद्धारका लागि सबै प्रयत्न गर्न आग्रह



चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्प पीडित र प्रभावितको उद्धार कार्यलाई पजिलो प्राथमिकताको रूपमा लिनुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सोमबार उक्त निर्देशन दिएका हुन् ।

चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।