राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो ।

यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।