काठमाडौँ । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग नयाँ संसदले टुंग्याउनुपर्ने बताएको छ । फोरमले बुधबार पत्रकार सम्मेलन गरी संसदको यो कार्यकाल सकिँदैमा जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको हो ।
समाजका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गरी भनेका छन्, ’संवैधानिक व्यवस्था र भावना बमोजिम कसुरको परिणाम र दायित्व जीवित रहने भएकाले सो को छानबिन न्यायिक प्रक्रिया बमोजिम गर्नुपर्ने हुँदा निष्पक्ष छानबिनको आधारमा संसद्मा प्रतिवेदन प्रस्तुत गर्नका लागि समय नपुग भएमा हतारमा प्रतिवेदन पेस गर्नु उचित नभएकाले संवैधानिक पद्धति र परम्परा अनुसार आगामी संसद्ले समेत सो को स्वामित्व ग्रहण गरी आफ्नो छानबिन अन्तिम निष्कर्षमा पुर्याउनु पर्ने फोरमको स्पष्ट धारणा रहेको छ ।’
पूर्व न्यायाधीश फोरमसँग आबद्ध पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्नसमेत चुनौती दिएको छ ।