राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै 

????????????????????????????????????


काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।

राप्रपा स्रोतकाअनुसार उनले आजै राजीनामा दिने तयारी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको चर्चा छ ।


‘आज बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो ।

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयु जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।