राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक : अध्यक्ष ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताएका छन् ।

उहाँले उद्यमशिलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गरे । झापाको गौरीगञ्जमा आज भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताए ।


“देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नु पर्छ, सीमावर्ती शहरलाई स्मार्ट सिटिका रुपमा विकास गर्नपर्छ । ” पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकरण गरिनुपर्ने बताए ।